कपन-बुढानिलकण्ठ डुबान नियन्त्रणमा छुट्टै आयोजना बनाउन गगन थापाको माग

कपन-बुढानिलकण्ठ डुबान नियन्त्रणमा छुट्टै आयोजना बनाउन गगन थापाको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् । 

आईतवार प्रस्तावित धोबिखोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् । उनले धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र प्राधिकरणले समेत काम गरेको भन्दै अब एउटै आयोजनामार्फत काम गर्नुपर्ने बताए । 

नेता थापाले सबै योजनाहरुलाई एउटै आयोजनामार्फत काम गरेर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम गर्नुपर्ने बताए । उनले कोरिडोर क्षेत्रमा भएका खण्ड–खण्डका कामहरु सबै अब बन्ने आयोजना अन्तर्गत ल्याउन पनि माग गरे । उनले आफू यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबैभन्दा धेरै गाली खाने गरेको बताए ।  

‘धोबि खोला कोरिडोरको कपन–बुढानिलकण्ठ डुवान नियन्त्रणको काम सरकारले छुटै आयोजना बनाएर गरिदिनुपर्छ । जसमा नाम मात्रको आयोजना बनाउने होइन । काठमाडौं उपत्यका प्राधिकरण,स्थानीय नगरपालिका,प्रदेशले एउटा गरी खण्डखण्डमा काम गर्ने काम भएको छ । यसलाई एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्न के गर्ने योजना बनाउनुपर्छ । यो स्थानमा स्थानीय तह, प्रदेशले छुटै काम गर्नुहुँदैन । कोरिडोर क्षेत्रमा भएका कामहरु सबै अब बन्ने आयोजना अन्तर्गत आउनुपर्छ ।’ उनले भने,  ‘मन्त्रीपरिषद्बाट पास भएर आएपछि आयोजनाको मास्टर पलान बनाउन एक वर्ष लाग्नसक्छ । यो क्षत्रमा सबै भन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबै भन्दा बढी गाली मैले खान्छु । कोरिडोर क्षेत्रमा सर्यौ घर बनेका छन् । बाहिरबाट आएमा मानिसहरुले २ आना ५ आनामा घर बनाउनु भएको छ । उहाँहरुसँग लालपूर्जा छ । उहाँहरुले वर्षैपिच्छे कर तिर्नुभएको छ । उहाँहरु वैधानिक रुपमा बस्नुभएको छ । कोरिडोर बनाउने क्रममा खोलाको वहावलाई मात्रै नियन्त्रण गर्ने गरी मात्रै नभएर बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने देखिन्छ ।’
 
उनले कोरिडोर क्षेत्रमा बनेका घरहरु वैधानक रहेको र वर्षैपिच्छे राज्यलाई कर बुझाएकाले खोलालाई पहिलेको अवस्थामा ल्याउने गरी मात्रै नभएर घरहरुकोसमेत संरक्षण कसरी गर्ने भन्ने बारेमा सोच्नुपर्ने बताए । 

Logo