जबराले नाम मुछेका नेताहरूलाई सोधपुछमा नबोलाउने समितिकाे निर्णय

जबराले नाम मुछेका नेताहरूलाई सोधपुछमा नबोलाउने समितिकाे निर्णय

केन्द्रबिन्दु
24
Shares

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरू बाहेक अरुलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । 

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए ।

जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईका साथै एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतको नाम लिएका थिए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँगकाे बयान मंगलबार सकेको छ । जबरासँग समितिले ४३ वटा प्रश्नमा बयान लिएकाे थियाे । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । 

Skip This
Skip This
Logo