सागमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठनदेखि सुनसान तीजसम्म (भिडियोसहित)

सागमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठनदेखि सुनसान तीजसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उपसमिति गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागका लागि आवश्यक खेल सामाग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उप—समिति गठन गरेको हो । राखेप बोर्ड सदस्य गोविन्दबहादुर भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामाग्रीमा भएको अनियमितताका विषयमा छानबिन गर्नेछ ।

त्यस्तै सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टाइनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो छिटो स्वदेश फर्काउने पुनः प्रतिबद्धता जनाएका छन् । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

त्यस्तैगरी पछिल्लो एक महिनाको अवधिमा कालीमाटी तरकारी बजारको मूल्यभन्दा खुद्रा बजारमा तरकारीको मूल्य ८० प्रतिशतले बढेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनको फाइदा उठाउँदै कालीमाटी तरकारी बजारकोभन्दा खुद्रा बजारमा ८० प्रतिशतले मूल्य बढेको हो ।

नेपाली नारीहरुको महान चार्ड हरितालिका तीजको दिन आज पशुपति क्षेत्र सुनसान बनेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र गतिमा फैलिएसँगै यसपालिको तीजमा पशुपति क्षेत्र सुनसान भएको हो । विगतका वर्षहरुमा श्रद्धालुभक्तजनहरुले खचाखच हुने पशुपतिनाथ मन्दिर बाहिरै ताला लगाइएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Logo