नेपाल बारले भन्याे- ‘जबरालाई सर्वोच्चको गेटबाटै फर्काउँछौं’

नेपाल बारले भन्याे- ‘जबरालाई सर्वोच्चको गेटबाटै फर्काउँछौं’

केन्द्रबिन्दु
0
Shares

नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा फर्कन नदिने बताएको छ । आजबाट नियमित काममा फर्कने तयारी गरेका जबरालाई बारले रोक्ने तयारी गरेकाे हो । 

बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार जबराको निलम्बन फुकुवा नभएको र उनलाई बारकाे आकस्मिक बैठकले रोक्ने निर्णय गरेको छ । उनी भन्छन्- ‘जबरा आजबाट फर्कने लागेको जानकारी पाएका छौं। तर उनको निलम्बन फुकुवा भएको छैन। बारको बैठक बसेर उनलाई गेटमा नै रोक लगाउने निर्णय गरेका छौं।’  

आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वतः निष्क्रिय भएकाले जबराले नियमित जिम्मेवारीमा फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गराइसकेका छन् ।  उनले बिहान ११ बजे नै अदालत पुग्नेसमेत बताएका छन् । 

Logo