नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले गरेको व्यवस्था उल्लंघन गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

बिहीबार अधिवक्ता सुनिलरञ्जन सिंह र सरिता थापाले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति कार्यालयका नाममा आदेश जारी गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । 

‘श्री सम्माननीय राष्ट्रपति विध्यादेवी भण्डारीबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणिकरण नगरी नेपालको संबिधानको धारा १०, ११, १२, १३, १४, १५ १६ (१) , १८ (१) ) ६६(१), १११ र ११३(४) को गम्भिर उल्लंघन गर्नुभएकोले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणिकरण नगर्ने कुनै निर्णयहरु भएको सम्माननीय राष्ट्रपतिबाट भएको रहेछ भने सोसंग सम्बन्धित सम्पुर्ण निर्णयहरुलाई उत्प्रेषणको आदेशले वदर गरी उक्त नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणिकरण गर्न परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । साथै यो रिटलाई अन्तिम निर्णय गरे नै टुग्याउनु पर्ने बिषय भएकोले अग्राधिकार सहित निरन्तर सुनुवाइ गरी यो रिटको जारी लगाइ पाउँ ।’  रिट निवेदनमा उल्लेख छ । 

रिट निवेदन-

 

Logo