नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।
थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समुहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अबस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अबस्था नआउने दाबी गरेका हुन् ।
नेता केसीले समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतावनी पनि दिए । समाुनपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने- ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे।
प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए। ‘कांग्रेसमा ६०/४० को सुरुवात शेरबहादुर देउवाले थालनी गरेको हो । उहाँले गिरिजाप्रसाद र सुशील कोइरालासँग ४० प्रतिशत लिनुभएको हो । अहिले पनि सम्मानजनक रूपले समानुपातिक र प्रत्यक्षमा टिकट नपाउने हो भने देउवा पक्ष निर्वाचनमा एक्लै लडे हुन्छ ।’ उनले भनेका छन् ।
सभापति देउवाले महाधिबेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेपनि व्यवहारमा त्यसको विपरित देखिएको उनकाे तर्क थियाे ।































प्रतिक्रिया