रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने घोषणा

रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी तय गरेको बताएका हुन्।

सो अवसरमा नेता मिश्रले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए  ।

२०७४ सालको निर्वाचनमा तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए। तर, दुई दिनअघि मात्रै उनी वरिष्ठ उपाध्यक्ष भएर राप्रपामा प्रवेश गरिसकेका छन् । 

Skip This
Skip This
Logo