आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचनसम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन शनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
समन्वय समिति उदयपुरको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनाको साइनबोर्ड राख्दै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिश कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि तोकिए बमोजिमका सम्पूर्ण कार्यहरु सम्पन्न गराउन आजैबाट कार्यालय सञ्चालनमा आएको बताए ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको उदयपुरको मुख्य निर्वाचन अधिृकत र निर्वाचन अधिृकतमा यस अघि नै क्रमशः जिल्ला न्यायधिश कृष्णप्रसाद सुवेदीलाई मुख्या निर्वाचन अधिृकत र फैसला कार्यन्वयन निर्देशनालयका निर्देशक जीवनकुमार भण्डारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
जिल्ला न्यायधिस सुवेदीले मुख्य निर्वाचन अधिकृतको साथै प्रतिनिधि सभा उदयपुर क्षेत्र नम्बर १ र सोही क्षेत्रको प्रदेश क र ख को समेत सोहि कार्यालयबाट जिम्मेवारी बहन गर्ने तथा भण्डारीले प्रतिनिधी सभा उदयपुर क्षेत्र नम्बर २ र त्यस क्षेत्र अन्तर्गत रहेको प्रदेश सभा क र ख मा निर्वाचन गराउने जिम्मेवारी बहन गर्नेछन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नु पर्ने काम गर्न वा गराउनका लागि प्रत्येक जिल्लामा आयोगले एक जना मुख्य निर्वाचन अधिृकत र प्रत्येक क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गर्ने व्यवस्था भए अनुसार आफूहरु नियुक्त भएकोले शनिवारबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपना गरी निर्वाचन सम्वन्धि कामको सुरुवात गरिएको सुबेदीले बताए ।
सो अबसरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले स्वच्छ तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउन र आम मतदातलाई निर्धक्क भएर आफ्नो मत दिने वातावरण निर्माण गर्न र आम मतदाताहरुमा शान्ति सुरक्षाको प्रत्याभूत दिनमा स्थानीय प्रशासनले कुनै कसर बाँकी राख्ने छैन भने । निर्वाचन क्षेत्र नं २ को भने दशै पर्वको बिदा सकिए लगत्तै कटारी बजारमा कार्यालय स्थापना गरिने मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिए ।





























प्रतिक्रिया