आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय गठबन्धनको सिट बाँडफाँट गर्ने सम्बन्धमा आज पनि बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान पुनः बैठक बोलाइएको छ । केही सिटहरुमा दलहरूको दोहोरो दाबी कायमै रहेपछि सहमति जुट्न नसकेको हो ।
सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए। कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन।































प्रतिक्रिया