दसैँ मनाउन दमकमा रहेका ओलीले बुबाको हातबाट टीका ग्रहण गर्दै

दसैँ मनाउन दमकमा रहेका ओलीले बुबाको हातबाट टीका ग्रहण गर्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेर दसैँ  मनाइरहेका छन् । 

झापाको भद्रपुर नगरपालिका पृथ्वीनगरमा बुबा मोहनप्रसाद ओलीको हातबाट अध्यक्ष ओलीले साइतको टीका ग्रहण गर्ने कार्यक्रम छ । तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा  बिहान ११ बजेर ५१ मिनेटको शुभसाइको टीका बुबाको हातबाट ग्रहण गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।

विगत झैं यसवर्ष पनि  उनी गृह जिल्ला झापा पुगेका छन् । उनको साथमा पत्नी राधिका पनि छिन् । ५१ सालदेखि बर्सेनि महानवमीको दिन पारेर ओलीले झापामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छन् । ओली आजै काठमाडौं फर्कने बताइएको छ ।
 

Logo