कोइराला पक्षको भेला सुरु, शिर्ष नेता अझै पुगेनन्

कोइराला पक्षको भेला सुरु, शिर्ष नेता अझै पुगेनन्

केन्द्रबिन्दु
0
Shares

सीट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला सुरु भएको छ । 

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्ने देखी अलग भेलाहरु गर्दै आएका छन् । 

तर, पुर्व निर्धारित समयमा सुरु भएको भेलामा अझैसम्म कोइराला समुहका शिर्ष नेताहरु भने आईपुगेका छैनन । दोस्रो तहका नेताहरुले बैठक सञ्चालन गरिरहेका छन् । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । 

संस्थापन पक्षका अनुसार कोइराला समुहका ३० प्रतिशत भन्दा बढीलाई समानुपातिक सुचीमा समावेश गरेको दावी गर्दै आएका छन् तर कोइराला पक्षले भने समानुपातिकमा मनोमानी गर्ने समुहले प्रत्यक्षतर्फ सिटमा पनि एकलौटी गर्न सक्ने भन्दै निरन्तर खबरदारी कार्यक्रम गरिरहने जनाउँदै आएका छन् । 

Logo