आफूले चुनाव जित्दै आएको क्षेत्रमा प्रचण्ड उठ्ने भएपछि बाबुरामले के भने ?

आफूले चुनाव जित्दै आएको क्षेत्रमा प्रचण्ड उठ्ने भएपछि बाबुरामले के भने ?

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्ने भएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शुभकामना दिएका छन् । 

आफूले चुनाव जित्दै आएको गोरखा–२ बाट प्रचण्डले निर्वाचन लड्ने भएपछि भट्टराईले सो निर्णयको स्वागत गरेका हुन् । यसपटक निर्वाचन नलड्ने बताएका भट्टराईकै प्रस्तावमा प्रचण्ड अन्तिम समयमा गृहजिल्ला चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न तयार भएका हुन्।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाॅको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाॅको शानदार विजयको हार्दिक शुभकामना!’ उनले सामाजिक सञ्जालमा भनेका छन् । 

Skip This
Skip This
Logo