नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभातर्फ दुई सीट दिएको छ ।
माओवादीले काठमाडौं ७ र सर्लाही २ मा समाजवादी केन्द्रका उम्मेदवारलाई टिकट दिएको हो । काठमाडौं ७ मा मानुषी यमी भट्टराई उम्मेदवार हुने भएकी छन् । बाबुरामले गोरखा २ मा प्रचण्डलाई समर्थन गरेपछि छोरी मानुषीलाई प्रचण्डकै प्रस्तावमा काठमाडौं ७ मा उम्मेदवार बनाइएको हो ।
काठमाडौं ७ मा यसअघि पहिलो संविधानसभा निर्वाचनमा मानुषीकी आमा हिसिला यमी निर्वाचित भएकी थिइन् भने सोही क्षेत्रमा २०७० सालमा पराजित भएकी थिइन् । यस्तै सर्लाही २ बाट महिन्द्रराय यादवले टिकट पाएका छन् ।































प्रतिक्रिया