नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको पाटीले टिकट दिएपनि चुनाव नलड्ने बताएकी छन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार टेलिफोन गरेर आफु चुनाव नलड्ने भन्दै विकल्प खोज्न आग्रह गरेकी छन् । ओलीले शाक्यलाई काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेका थिए ।
उपाध्यक्ष शाक्यले उम्मेदवारको आकांक्षा समेत राखेकी थिइनन् । टिकट वितरणको अधिकार ओलीलाई दिने निर्णय गरेको सचिवालय बैठकपछि पनि उपाध्यक्ष शाक्यले आफू चुनाव नलड्ने बताएकी थिइन् ।
शाक्यले कुनै हालतमा संसदीय राजनीतिमा नफर्कने अडान लिएपछि ओली विकल्प खोज्न तयार भएको बुझिएको छ । शाक्यसँगै ओली चुनाव नलड्ने बताएका राम बहादुर थापालाई पनि उम्मेदवार बनाउने निर्णय गरेका थिए ।





























प्रतिक्रिया