कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट, रिजालकाे क्षेत्रमा सुजातालाई उठाइयो

कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट, रिजालकाे क्षेत्रमा सुजातालाई उठाइयो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् ।

यसअघि मोरङको निर्वाचन क्षेत्र न. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो । यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ । मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।

त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता कोइराला‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् । क्षेत्र नं। ४ र ५ मा भने नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएको छ । यसअघि कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए ।

Skip This
Skip This
Logo