कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिने बढ्दै

कांग्रेसमा स्वतन्त्र उम्मेदवारी दिने बढ्दै

केन्द्रबिन्दु
0
Shares

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता आइतबार हुँदैछ । देशका एक सय ६५ प्रतिनिधिसभा र प्रदेश सभाको तीन सय ३० निर्वाचन क्षेत्रमा मनोनयन दर्ता जारी छ ।

मनोनयन दर्ताअनुसार अहिलेसम्म प्रत्येक पार्टीमा असन्तुष्टि उत्पन्न भई स्वतन्त्र र बागी उम्मेदवारी दिने लहर चलेको छ । जसमा सबैभन्दा बढी असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ । पार्टीले टिकट नदिएको तथा सत्तारुढ गठबन्धनका अन्य दललाई भागबन्डा दिनुपर्दा निर्वाचन क्षेत्र गुमेपछि कांग्रेस नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिइरहेका छन् ।

अहिलेसम्म कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन -३ र अजय द्विवेदीले पर्सा -१ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सर्लाही ४ बाट कांग्रेसकै अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् । सर्लाही ४ मा कांग्रेसले नागेन्द्र राय यादवलाई टिकट दिइएको छ ।

साथै कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर-५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । साे क्षेत्रमा गठबन्धनबाट कांग्रेसका नेता डिल्लीराज ओझाले टिकट पाएका छन् । 

Logo