आज उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

आज उम्मेदवारका विरोधमा उजुरी दिन सकिने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने जनाएको छ। उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ। उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ।

त्यस्तै २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली आयोगले प्रकाशन गर्नेछ। आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए।

असोज २६ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ। सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ। 

Logo