प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।
डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएको भन्दै बीपी काँग्रेसका तर्फबाट उमेदवार रहेका कर्ण मल्लले उजुरी दिएका हुन् ।
मल्लले दिएको उजुरीअनुसार नागरिकतामा २००३ जेठ ३१ गते जन्ममिति रहेको देउवाको मतदाता नामावलीमा २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । उनले देउवाकाे उम्मेदवारी शतप्रतिशत खारेजी हुनुपर्नेसमेत माग राखेका छन् ।
यस सम्बन्धमा डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले भने- “उमेदवारको नागरिकता र मतदाता नामावलीमा फरकफरक मिति रहेको भन्दै उजुरी परेको छ । हामी कारबाही अगाडि बढाउँछौं । भोलिसम्म टुंगो लाग्छ ।”
देउवाले आइतबार कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी पत्नी आरजु राणामार्फत निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गराएका थिए । उनी सातौंपटक डडेल्धुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।





























प्रतिक्रिया