झपट रावललाई सघाउन भीमबहादुर र कमलले फिर्ता लिए उम्मेदवारी

झपट रावललाई सघाउन भीमबहादुर र कमलले फिर्ता लिए उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिममा प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली -२ बाट उम्मेदवारी दिएका झपट रावललाई सघाउन   प्रदेशसभाका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । 

रावलले उम्मेदवारी दिएको कैलाली २ को ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका भीमबहादुर कुबेर र कलम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । 

साथीभाइसँगको सल्लाह र सुझावका आधारमा एमाले उम्मेदवारलाई जिताउने गरी आफूहरुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 
 

Avatar

Logo