स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी

स्वास्थ्य मन्त्रीका सल्लाहकारको स्वतन्त्र उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

आसन्न मंसिर ४ गतेकाे निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डा. खगेन्द्र कटुवालले स्वतन्त्र उमेरद्धारी दिएका छन ।

तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र (क) प्रदेशसभाका लागि आईतबार निर्वाचन कार्यालय तेह्रथुममा पुगेर उनले उम्मेदवारी दिएका हुन् । २०७९ को स्थानीय निर्वाचनमा छथर गाउँपालिका ५ बाट वडा सदस्यमा निर्वाचित भएका कटुवालले प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

मन्त्रीको स्वास्थ्य सल्लाहकार र वडा सदस्य पद आईतबार नै राजिनामा गरी उम्मेदवारी दिएको कटुवालले बताए । उनी भन्छन्- ‘राजनीति पार्टीबाट मात्रै जनताको भावना अनुसार काम नभई रहेकोले विकल्पको स्वतन्त्र उम्मेदवारी दिएको हुँ । जनताको माझ गएर जनता कै हितमा काम गर्ने अठोटका साथ मेरो उमेरद्धारी हो । आशा छ मेरो स्वतन्त्र उम्मेदवारीमा जनताले साथ दिनु हुने छ ।’
 
एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधी सभाका लागि १० र प्रदेसभाका लागी १८ जना गरी २८ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ । यो सँगै तेह्रथुममा ३ पदका लागी २८ जनाले उमेरद्धारी दिएका छन् ।

२ नगरपालिका र ४ गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडाहरु रहेका छन् । 

Logo