नेकपा एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् ।
पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ 'क' बाट स्वतन्त्र उम्मेदवारी दिएका उनले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । श्रेष्ठ सिबिक निजगढ गाँउपालिकाका अध्यक्षसमेत हुन् ।
पार्टीले स्थानीय नेता/कार्यकर्ता र जनभावना विपरीत टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
श्रेष्ठसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।
एमालेबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि श्रेष्ठका नेता कार्यकर्ता रुष्ट बनेका छन् । यसअघि उनले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
































प्रतिक्रिया