सत्ता गठबन्धनले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आधिकारिक उम्मेदवारबाहेक
बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको छ।
बुधबार प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन्।
गठबन्धनले मंगलबार निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा बुधबार दिउँसो १ बजेसम्म बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको थियो ।
































प्रतिक्रिया