नेकपा एमालेबाट विद्रोह गरेका नेता रामवीर मानन्धरले घण्टाघर चुनाव चिह्न पाएका छन् ।
पार्टीले टिकट नदिएपछि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरलाई बुधबार निर्वाचन आयोगले घण्टाघर चुनाव चिह्न दिएको हो । सो क्षेत्रमा एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, स्वतन्त्र उठेका एमालेकै नेता प्रभु साहले भने चुनाव चिह्न ह्याण्ड पाइप (हातेकल) पाएका छन् । रौतहट (३ मा पार्टीको उम्मेदवारको टिकट लगे पनि अन्तिममा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । साहले मधेसमा एमाले र जसपाबीचको तालमेलप्रति आपत्ति जनाउँदै जसपाले उम्मेदवारी दिएका सबै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।































प्रतिक्रिया