लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाही -२ मा नेपाल समाजवादी पार्टीका उम्मेदवार महिन्द्र राय यादवलाई सघाउने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाएको छ।
सत्ता गठबन्धनका चार घटकले केही उम्मेदवारको प्रष्टीकरण गर्ने उद्देश्यले बुधबार जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको लोसपाले जनाएको छ । सत्ता गठबन्धनको उक्त विज्ञप्ति कांग्रेस सभापति शेरबहादुर देउवासँग २२ असोजमा भएको सहमतिविपरीत रहेको लोसपाको ठहर छ।
बुधबार कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै सर्लाही -२ मा गठबन्धनका महीन्द्र राय यादव साझा उम्मेदवार रहेका जनाएका थिए। यादव माओवादीको हँसिया हथौडा चुनाव चिन्ह लिएर उठेका छन् ।
सर्लाही -२ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् । गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन् ।
तर, बिहीबार लोसपाका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै सर्लाही -२ मा मित्रवत प्रतिष्पर्धा गर्ने, सर्लाही २ (क) मा कांग्रेसको उम्मेदवार हुने तथा सर्लाही २ (ख), सर्लाही १ (क), महोत्तरी १ (क) र महोत्तरी २ (क) मा लोसपाको उम्मेदवार हुने सहमति भएको प्रस्ट पारेका छन् ।
विज्ञप्ति-






























प्रतिक्रिया