मधेशका मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरुलाई गरे बर्खास्त

मधेशका मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीहरुलाई गरे बर्खास्त

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री राउतले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भएका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन् । 

जसपाको एक मन्त्रीका अनुसार मुख्यमन्त्री राउतले फोन गरी कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएकाे तर उनीहरुले राजीनामा नदिएपछि बर्खास्त गर्नु परेको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीहरुलाई बर्खास्त गरेको भोलीपल्ट नै मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा रहेका कांग्रेसका मन्त्रीलाई बर्खास्त गरेका हुन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाका चार जना मन्त्रीहरुलाई पदमुक्त गरेका थिए । 

विज्ञप्ति-

Logo