नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुग रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको चुनावी प्रतिबद्धता पत्रको एउटा अंशः
मैले एमालेको लालकिल्लालाइ कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु। मैले जनताको म्यान्डेटलाई इमानदारपूर्वक गरेको छु। विकासका काममा पनि मैले सक्जनेजति गिररहेकै छु। यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्। जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ। संविधान बनाउने देखि बनाउने र कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन्। संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा वडासम्म पुर्याउने नारालाई सार्थकता दिनेछौँ।





























प्रतिक्रिया