सांसदहरुले धमाधम संसदको भद्दा अद्यावधिक लोगो ग्रहण गर्दै

सांसदहरुले धमाधम संसदको भद्दा अद्यावधिक लोगो ग्रहण गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अद्यावधिक नक्साअनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको प्रतिक्रियाहरु आइरहेका बेला सांसदरुले सोही लोगो धमाधम ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्साअनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रर्वधन गर्न भन्दै ग्रहण गरिएको सांसदहरुले प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी गरेपनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठको भनाइ छ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुन नसकेको बताइन् । स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन सकिने उनको भनाइ छ ।

त्यस्तै सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताइन् । आफुहरुले स्वदेशी उद्योगलाई सधै प्रर्वधन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उनले घुमाउरो पारामा लोगोप्रति असन्तुष्टि जनाइन ।

संसदको लागो डिजाइन ८७ वर्षिय टेकवीर मुखियाले गरेका हुन् । मुखियाले बनाएको लोगोको डिजाइनअनुसार लोगो निर्माण भएको छैन । वाग्मती प्रदेशअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको जिम्मा दिइएको थियो । लोगो निर्माण हुँदा डिजाइनभन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पष्ट नभएको र कलात्मक बनाउन नसकेको आरोप लगाएका छन् ।

आइतबारदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई संघीय संसद सचिवालयले नेपालको नयाँ नक्सा समेटिएको लोगो वितरण सुरु गरेको थियो । नयाँ लोगोमा दुई लाल सुनको जलप, १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । नयाँ लोगोको लागत ५ हजार ५ सय २७ रुपैयाँ रहेको छ ।

Logo