राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् ।
सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए ।
तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् ।
गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो ।शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।





























प्रतिक्रिया