नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विगतमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्न सघाउने शर्तमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको दाबी गरेका छन् ।
बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको अफरसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भएपनि उनले सो प्रस्ताव अस्वीकार गरेको जिकिर गरे ।
साथै चुनावमा पनि वाम तालमेलको प्रस्ताव ओलीबाट नै अस्वीकार भएको उनले उल्लेख गरे ।
उनले भने– ‘अध्यक्षको नेतृत्वमा हामी त्यतिखेर एमसीसी पारित नहुँदा नेकपा (एमाले) को केपी ओली सहितको टोलीसँग वार्ता गर्न गर्यौं । हामीले नै प्रश्ताव राख्यौँ त्यतिखेर तपाईहरु एमसीसी असफल गर्न साथ दिनुहोस् हामीलाई । हामीले भन्यौँ यो धेरै संवेदनशिल मुद्दा हो एमसीसी भन्ने हामीलाई लाग्छ । यो शुद्ध आर्थिक सहयोगको परियोजना मात्रै होइन । त्यसकारणले यो एमसीसीलाई असफल पारौँ । हिजो तपाईहरुले जेसुकै भनेको भएपनि अब राष्ट्रियताको मुद्दामा फेरि मिलौँ । एमसीसीलाई असफल पार्न साथ दिनुहोस् । त्यसपछि यो गठबन्धन टुट्छ । तपाई नै प्रधानमन्त्री हुनुस् । चुनावमा फेरि वाम तालमेल गरेर जाऔँ भनेकै हो । तर त्यतिखेर केपी ओलीले फेरि एमसीसी ? के राष्ट्रघात ? भनेर भन्नुभयो । र हाम्रो प्रस्तावलाई अस्वीकार गर्नुभयो ।’





























प्रतिक्रिया