कांग्रेस नेता गुरुङको प्रश्न, संसदको (स) मा शिरबिन्दु खै ?

कांग्रेस नेता गुरुङको प्रश्न, संसदको (स) मा शिरबिन्दु खै ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङले संघीय शब्दकाे (स) मा शिरबिन्दु खै भन्दै प्रश्न गरेका छन् । सोमबार ट्वीट गर्दै नेता गुरुङले त्यस्तो प्रश्न गरेका हुन् । सांसदहरुको लोगोको तस्वीर सार्वजनिक गर्दै नेता गुरुङले संसद सचिवायलको अपरिपक्क काम भएको आरोप समेत लगाएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘संसद सचिवालयको कति अपरिपक्व काम हो ? लोगो भद्दा मात्रै होइन । (संघीय) शब्दमा (स) को माथी शिरबिन्दु खोइ ? जनताको सर्वोच्च संसद सचिवालयको यो भन्दा भद्दा मजाक र अकर्मण्यता के हुन सक्छ ?’

आइतबारदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई संघीय संसद सचिवालयले नेपालको नयाँ नक्सा समेटिएको लोगो वितरण सुरु गरेको थियो । नयाँ लोगोमा दुई लाल सुनको जलप, १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । नयाँ लोगोकाे लागत ५ हजार ५ सय २७ रुपैयाँ लागेको थियो ।

Skip This
Skip This
Logo