प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापतिको भेटवार्ताः लिदीका स्थानीयको अवाज किन सुनिएन ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापतिको भेटवार्ताः लिदीका स्थानीयको अवाज किन सुनिएन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान तीन नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्तामा सभापति देउवाले सिन्धुपाल्चोकको लिदीका जनताको आवाज सरकारले किन सुनेन भन्दै प्रश्न गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा पहिरोमा परेर दर्जन बढी जनताको ज्यान गएको छ र कैयौं बेपत्ता छन् । गाउँबासीले दस दिन अघिदेखि नै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको छ । यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा सभापति देउवाले प्रधानमन्त्री ओलीसँग सिन्धुपाल्चोक पहिरो, कोरोना महामारी, संवैधानिक नियुक्ति र त्रिभुवन विश्वविद्यालयमा देखिएका विवादबारे छलफल गरेको उल्लेख गरिएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय नाघे पनि सरकारले विगतका कमजोरीको समीक्षा गरेर कामको गति बढाउन नसकेको देउवाले आरोप छ । आइसोलेसन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्न किन ढिलाइ गरेको भन्दै देउवाले प्रधानमन्त्रीसँग प्रश्न गरेका छन् । साथै, त्रिभुवन विश्वविद्यालयमा देखिएको विवाद र विसंगतिउपर कुलपतिका रूपमा ध्यान पु¥याउन पनि प्रधानमन्त्रीलाई देउवाले आग्रह गरेका छन् । बालुवाटारमा आज भएको भेटमा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक पनि सहभागी थिए ।

पूरा विज्ञप्तिः

Logo