रुपन्देही गृहमन्त्री बालकृष्ण खाण तिहारका बेला पनि आफ्नै निर्वाचन क्षेत्र रुपन्देही ३ मा केन्द्रित देखिएका छन् । यसअघिका निर्वाचनमा त्यति धेरै मतदातासमक्ष नपुगेका उनी अहिले सानादेखि ठूला व्यापारी व्यवसायीका घरघरमा पुग्ने गरेका छन् ।
उनी दिनहुँ जसो भैरहवा क्षेत्रमा मतदाता कहाँ पुग्ने गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार खाणलाई लोसपाका प्रदेश सभा सदस्यका उम्मेदवार बनेका सन्तोस पाण्डेले साथ दिइरहेका छन् ।
स्थानीय व्यवसायी रामनाथ गुप्ताले अहिलेसम्म गृहमन्त्री आफ्नो घर पसलमा यसरी भोट माग्न नआएको बताए । ‘उहाँ धेरैपटक ठूल्ठूला ओहोदामा पुग्नु भयो, तर अहिले जसरी भोट माग्न आउनु भएको थिएन । तर, अहिले भने आउनु भएको छ,’ उनले भने ।
उनी भोट माग्न जाने बेला सादा पोसाकका प्रहरी पुग्ने गरेका छन् ।































प्रतिक्रिया