‘संविधान र गणतन्त्रको रक्षाका निम्ति राजनीतिक लडाईं’ : प्रधानमन्त्री (भिडियोसहित)

‘संविधान र गणतन्त्रको रक्षाका निम्ति राजनीतिक लडाईं’ : प्रधानमन्त्री (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षाको निम्ति राजनीतिक लडाईं लडिरहेको बताएका छन्।

बिहिबार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान, गणतन्त्रको रक्षाको निम्ति राजनीतिक लडाईं लडिरहेको बताएका हुन् । उनले राष्ट्रियता, लोकतन्त्र तथा जनजिविकाको सवालमा शान्तिपूर्ण र वैधानिक लोकतान्त्रिक विधिबाट अघि बढेको बताए।

प्रधानमन्त्री ओलीले आफूहरुसँग देशलाई अघि बढाउने उज्यालो तथा चम्किलो गन्तव्य भएको दाबी गरे। उनले आफूहरुले रातो झण्डा फहराउने, रातो बेलुन उडाउने तथा रातो चम्किलो उज्यालो गन्तव्य तर्फ देशलाई लैजाने बताए ।

प्रधानमन्त्री ओलीले संसदमा सांसद किनवेच, दलहरु बीच लेनदेन तथा समिकरण परिवर्तनको श्रृङ्खला हुन लागेको बताए। आफूले वामपन्थी पार्टीहरु जोडेर मजबुद पार्टी बनाउने प्रयास गरिएको भएपनि त्यस्तो पार्टी बन्न नसकेको उनको भनाइ छ ।

Logo