गोरखा नगरपालिका ५ का अध्यक्ष रानाको निधन

गोरखा नगरपालिका ५ का अध्यक्ष रानाको निधन

केन्द्रबिन्दु
0
Shares

गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो ।
 
घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो । गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

Logo