नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । आज कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ ।  ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानरकी दिएका छन्। 

तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । 

Skip This
Skip This
Logo