सत्ता गठबन्धनले टुंग्यायाे महोत्तरी- १ ‘क’ को विवाद

सत्ता गठबन्धनले टुंग्यायाे महोत्तरी- १ ‘क’ को विवाद

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ । महोत्तरी- १ 'क' मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये महतोलाइ वैधता प्रदान गरेको हो  ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्याेल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने समाधान भएको छ । क्षेत्र न.२ क को  अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन् । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ ।  `भोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ,´  लोसपाका नेता तथा उम्मेदवार राउतले भने ।

Logo