गृहमन्त्री बालकृष्ण खाणले रासायनिक मल अभाव हुन नदिन नेपाल सरकारले भारत सरकारसँग जिटुजी मार्फत खरीद प्रक्रिया अगाडि बढाएको बताएका छन् ।
गठबन्धनले भैरहवा र ओमसतीयमा गरेकाे कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मल अभाव हुन नदिनका लागि जिटुजीमार्फत प्रक्रिया अगाडि बढेको बताएका हुन् । साथै उनले दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको बताए ।
सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ को काग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गृहमन्त्री खाणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले यहाँको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।





























प्रतिक्रिया