गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई माओवादी केन्द्रले पार्टीबाट गर्‍यो निष्कासन

गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई माओवादी केन्द्रले पार्टीबाट गर्‍यो निष्कासन

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । 

शनिवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उमेदवारी दिएका पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । 

कारबाहीमा पर्नेमा केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार रहेका धनकुटाका हेमराज भण्डारी, केन्द्रीय समिति सदस्य एवं प्रतिनिधिसभा सदस्यमा सप्तरी क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवार रहेका अशोककुमार मण्डल, केन्द्रीय समिति सदस्य एवं मधेस प्रदेशसभा सदस्यमा पर्सा क्षेत्र नम्बर–४ ‘क’बाट स्वतन्त्र उमेदवार रहेका वीरेन्द्र यादव, केन्द्रीय समिति सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्यमा रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट स्वतन्त्र उमेदवार रहेका दीपेन्द्रबहादुर पुनमगर र केन्द्रीय लेखा परीक्षण आयोग सदस्य एवं प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार रहेका कालीकोटका काशिचन्द्र बराल छन् । 

यस्तै, अध्यक्ष प्रचण्डले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्न पनि निर्देशन दिएका छन् । साथै गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिइएको छ । 

विशेष परिपत्र-

Skip This
Skip This
Logo