विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

विप्लव समूहले निर्वाचन बिथोल्ने आयोगको आशंका

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं । सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, ‘मलाई लाग्दछ–यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिईदैंन । यसमा हामी सचेत छौं । यातायातमा आवश्यक निर्णय गर्छौं । नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थित रूपमा  केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ ।’ 

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ ।

दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ । उसले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ । मंगलबार मात्रै पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निर्वाचनलाई नौटंकीको संज्ञा दिएका थिए । उनले भनेका थिए-  ‘यो चुनाव नौटंकी हो । पाँच वर्ष भ्रष्टाचार र कमिसन, राष्ट्रघात र जनघात गरेर सर्वाङ्ग भएका तत्वहरुलाई फेरि सुनपानी छर्ने हो यहाँ । केही नयाँ ल्याएर केही पुरानालाई सुनपानी छर्ने हो । अब तिनीहरु जितेर आएभने के गर्छन् भन्दा अहिलेको भन्दा डरलाग्दो जनबिरोधी हर्कत गर्छन् । राष्ट्र बिरोधी हर्कत गर्छन् । त्यसो भएको हुनाले यो चुनावलाई आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टीले सशक्त रुपले खारेज गरेर जाने नीति अगाडी सारेका छौँ । काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रबादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो । एकपटक हामी जनसंघर्ष गर्छौं ।’

Skip This
Skip This
Logo