‘गठबन्धनसँग कुनै पनि मिसन र भिजन छैन, यस्तो सरकार बन्न दिनुहुन्न’ -अध्यक्ष ओली

‘गठबन्धनसँग कुनै पनि मिसन र भिजन छैन, यस्तो सरकार बन्न दिनुहुन्न’ -अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दावी गरेका छन् । 

स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै अध्यक्ष ओलीले आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताएका हुन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताए । 

अध्यक्ष ओलीले भने- ‘यस निर्वाचनमा आगामी दिनमा देश कता जाने हो ? कस्तो हुने हो, ? देशले यस्तो स्वार्थहरुको जोडजामबाट बनेको सरकार, यस्तै असंवैधानिक ढंगले सरकार हेरफेर हुने र बन्ने, जनताको अभिमत होइन् स्वार्थहरुको चलखेल र अरु प्रकारका सेटिङ्स भन्छन नि । अरु प्रकारका सेटिङ हुने, यसबाट गन्तव्य नभएको, भिजन नभएको, मिसन नभएको, डेष्टिनेशन कुनै नभएको, त्यो डेष्टिनेशन भएपछि त्यहाँ पुग्ने बाटो चाहिएन, भिजननै चाहिएन । त्यस्तो दिशाहिन अन्यौल त्यस्तो सरकार बनाएर देशलाई बर्बाद पार्ने कि एउटा सुदृढ, भिजनसहितको, मिसनसहितको, एमसहितको, गोलसहितको, डेष्टिनेशन यो हो भनेर तोकिएको र शब्द जाल होइन् ।’ 

उनले अगाडि थपे- ‘ठोस गन्तव्यमा पुग्ने, त्यो गन्तव्यमा पुग्ने मार्गचित्र, त्यसका निम्तिका नीतिहरु, कार्यक्रमसहितको, हाम्रा छिमेक सम्बन्ध, हाम्रा अन्तराष्ट्रिय सम्बन्ध राष्ट्रिय हितलाई केन्द्र भागमा र सर्वोपरी राखेर न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई समेत ध्यानमा राखेर सार्वभौम समानताका आधारमा छिमेक सम्बन्ध र अन्तराष्ट्रिय सम्बन्ध अंगीकार गर्ने गरी हामी अहिले संविधान ल्याएपछिको दोस्रो निर्वाचनमा छौं ।’

 

Logo