सेलिब्रेटी चाहिए सिलवाललाई, विकास चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा

सेलिब्रेटी चाहिए सिलवाललाई, विकास चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा

केन्द्रबिन्दु
0
Shares

ललितपुर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गरेका हुन् ।चुनावी कार्यक्रममा मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’ आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो यसबारे चासो राख्नुपर्नेमा जोड दिए । 

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए । कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको राणाको आरोप छ ।

Logo