प्यारालाइसिस भएका दीपेन्द्रलाई भेट्न पुगिन् रेखा थापा

प्यारालाइसिस भएका दीपेन्द्रलाई भेट्न पुगिन् रेखा थापा

केन्द्रबिन्दु
0
Shares

वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका मोरङका दीपेन्द्र मगर (नाम परिवर्तन) ३ वर्ष अघि आफ्नो एक हात र एक खुट्टा गुमाएर घर फर्किए ।  काम गर्दा गर्दै उनी सामान्य बिरामी भएका थिए । कोभिड भएको हो कि भन्ने आशङ्का गरियो तर उनलाई बिस्तारै पक्षघातले थला बसायो । परिवारको सहारा बन्न विदेश गएका उनी आफै अरूको सहारामा जिउनुपर्ने अवस्थामा पुगे ।

चुनावी घरदैलो कार्यक्रम बेलबारीमा पुगेकी राप्रपाकी उम्मेदवार रेखा थापा दीपेन्द्रको विषयमा थाहा पाउने बित्तिकै उनको घरमा पुगिन् । दीपेन्द्रसँग दोहोरो संवाद गरिन् । दीपेन्द्रले आफू मलेसियामा हुँदा थापाले विभिन्न व्यक्तिलाई सहयोग गरेको, अलपत्र परेका शव स्वदेश फर्काउन मदत गरेको स्मरण गरे । 

दीपेन्द्रसँगको संवाद पछि त्यहाँ उपस्थित भिड तर्फ हेर्दै रेखाले भनिन्- ‘मैले किन मेरा दाजुभाइ विदेश जान रोक्नुपर्छ भनिरहेको छु बुझ्नुभयो नि ? यही अवस्था नहोस् भनेर म मैदानमा  लड्न आएको छु । विभिन्न देशमा कार्यक्रमहरू हुँदा त्यस ठाउँमा नेपाली दाजुभाइहरूको अवस्था देखेको छु । स्वदेशमा रोजगारीको अवसर सिर्जन नगराउने, रेमिटेन्सले देश धान्ने, भएका कलकारखाना बन्द गर्ने अनि आयातमुखी नीति बनाउने पुरानो नेतृत्व देखी दिक्दार भएर अति भयो भनेर आएकी हुँ । मलाई के कमी थियो र रु खान लाउन देश विदेश डुल्न पुगेकै छ । घर जमिन गाडी जोड्न बाँकी छैन । अझ यो जीवनमा कसैले मेटाउन नसक्ने गरेर इज्जतसहित नाम बनाएको छु । राजनीतिमा आएर  मलाई भएको नाम बदनाम गराउन छैन । जनताले मलाई दिने माया दिइसक्नु भयो अब उहाँहरूलाई मैले लडेर खोसेर दिन सक्ने सबै कुरा दिन आएको छु । म त्यो गरेर देखाउँछु ।’ 

उनले थपिन्- ‘त्यसो त नेपालको जनसङ्ख्याको करिब एक तिहाइ जनसङ्ख्या बाहिर छ । स्वदेशमा रोजगारी मात्रै हैन व्यवसाय गर्ने किसिमको नीति समेत छैन । कुनै बस्तु बनाउने कच्चा पदार्थ आयात गरेर स्वदसमै कारखाना खोल्ने र तयारी बस्तु बनाउने किसिमको वातावरण समेत छैन । किनकि कच्चा पदार्थमा कर अत्याधीक बढाएर महँगो पारिएको छ । तयारी बस्तु आयात हुन्छ । त्यी आयातकर्ता नातावाद र कृपावाद भित्र पर्ने व्यक्ती छन् । अनि कलकारखाना नभएपछि नेपाली युवाहरू कहाँ जान्छन् ? यसकोवीरुद्धमा लड्न आज देश भर युवाहरूले विद्रोह गरेका छन् । अबको निर्वाचन पहिलेको जस्तो निर्वाचन मात्रै हैन । युवा पुस्ता कि पुरानै नेतृत्व भन्ने जनमत सङ्ग्रह पनि हो ।’

दीपेन्द्रले पनि पुराना दलहरूसँग गुनासो पोखेका छन् । दलहरूले देश बेच्ने किसिमका राष्ट्रघाती सम्झौता गरेको, युवा पुस्तालाई विदेशीन बाध्य बनाएको भन्ने आरोप उनको थियो । उनले भने- ‘काँग्रेस कम्युनिस्टले के गरे रु साँच्चै विकास गर्न चाहने हो भने विकासको गति यही हो रु म त पशुपतिनाथसँग प्रार्थना गर्छु रेखा दिदीले जित्नुहोस् । विदेशमा हुँदा क्याम्पमा बसेका युवाहरूलाई कति सहयोग गर्नुभएको छ । उहाँले यो क्षेत्रको लागी काम गर्न सक्नुहुन्छ । म त सबैले मतदान गरेर जिताउनु भन्छु ।’ 

उनले थपे- ‘हात खुट्टा नहुँदा त झनै गरिब हुने रहेछ । हुँदा त केही न केही गरेर खाँदै थिए । म जत्तिको अवस्थामा पुगेका लाई हेर्न नसक्ने राजनीति गर्नुपर्दैन भयो अब नयाँ पुस्तालाई पालो दिऔँ । म सक्ने हुँदा रेमिटेन्सबाट देश पालें । मैले नसक्दा देशले मलाई पाल्दैन रहेछ ।’

Logo