फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डारी

फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिका अहम् : राष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु समेत रहेका राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि खेलेको भूमिका अहम् रहेको बताएकी छन्। 

१३८औं फाल्गुनन्द जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा उनले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएकी छन्। उनको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापा लगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी जन्मजयन्ती मनाउने गरिन्छ । ‘उहाँले देखाउनु भएको बाटोमा हिड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सहिष्णुता र सद्‌भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्‍वास मैले लिएको छु,’ भण्डारीले भनेकी छन् ।

भण्डारीले अगाडि भनेकी छन्, ‘महागुरु  फाल्गुनन्द धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा उहाँले समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउन समेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणीय रहेकोछ । उहाँले अपनाउनु भएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

Skip This
Skip This
Logo