‘म दोलखाको साझा उम्मेदवार हुँ, जनताको अवस्था परिवर्तन गर्ने क्षमता छ’ -शिवाकोटी

‘म दोलखाको साझा उम्मेदवार हुँ, जनताको अवस्था परिवर्तन गर्ने क्षमता छ’ -शिवाकोटी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले उद्यमशीलता र युवाहरुलाई रोजगारी सिर्जना गरेर मात्र देशले फड्को मार्ने मान्यता बोकेर आफू अगाडि बढेको बताएका छन् । 

तामाकोशी गाउँपालिका-४ को मालुमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार शिवाकोटीले आफू उद्यमशीलताबाट मात्र देशको विकास सम्भव रहेको मान्यता बोक्ने उम्मेदवार भएको बताएका हुन् । उनले विगतमा अपराध र विध्वंश गरेर पनि प्रायश्चित नगर्नेहरुलाई जनताले जनमतबाटै जवाफ दिने पनि विश्वास व्यक्त गरे । 

अहिले कतिपयले व्यवसायी भनेर आफूविरुद्ध भ्रम फैलाउन खोजेको भन्दै उनले राजनीति र व्यवसाय सँगसँगै गर्दै आएको पनि स्मरण गराए । साथै उनले  उद्यमशीलताबाट देशमा ५ हजारभन्दा बढिका लागि रोजगारी सिर्जना गरेको उल्लेख गरे । 

राजनीतिक व्यवस्था मात्रै परिवर्तन भएको, तर जनताको अवस्था परिवर्तन नभएको गुनासो गर्दै उम्मेदवार शिवाकोटीले आफू परिवर्तको सो संकल्पसहित चुनावी मैदानमा होमिएको पनि बताए । 

उनले भने- ‘म दोलखाको साझा उम्मेदवार हुँ । मेरो उद्यमशीलता, व्यवसायिक क्षमताको अनुभवलाईसमेत ध्यानमा राखेर जिल्लाका अग्रज नेताहरुले मलाई अगाडि सार्नुभएको हो, त्यसैले कोही पनि भ्रममा नपर्नुहोला, मुलुक परिवर्तन गर्न के-के गर्नुपर्छ त्यो सोच, अनुभव र क्षमता म सँग छ । त्यसैले अपराध र विध्वंश गर्नेलाई तपाईंहरुले मतदान गर्नुहुन्न भन्ने कुरामा म विश्वस्त छु ।’

Logo