नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताएका छन् ।
उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरेका हुन् । उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढीरहेको बताए ।
सञ्चारकर्मीसँगकोे कुराकानीमा उपाध्यक्ष पौडेलले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तिब्रता दिने बताए ।
उनले भने- ‘समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य शुरु गरेका छौँ । अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढीरहेको छ । साथै मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ । त्यस हिसावले पनि रुपन्देही मोडलका हिसावले नयाँ र मोडल बन्दैछ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ ।’
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताए ।





























प्रतिक्रिया