गोरखामा मतगणना सुरु भएन, पुन मतदानको माग

गोरखामा मतगणना सुरु भएन, पुन मतदानको माग

केन्द्रबिन्दु
0
Shares

गोरखामा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारहरूले पुन मतदानको माग राखेका छन् ।

आइतबार पत्रकार सम्मेलन मार्फत एमालेकातर्फबाट प्रतिनिधिसभामा गोरखा–१ का रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटा केन्द्रमा पुनस् मतदान हुनुपर्ने माग राखेका हुन् । गोरखा–१ र २ का केही मतदान केन्द्रहरुमा मृत, वेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताहरुको नामबाट समेत मतदान भएको नेकपा एमालेका अध्यक्ष प्रेम गुरुङले आरोप लगाएका छन् ।

अन्य उम्मेदवारका फर्जी प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरुलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिलाई बोल्न दिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गराइएको उनीहरुको आरोप छ । धम्काएर मतपेटिकाको मुचुल्कामा हस्ताक्षर गराउन लगाएको समेत संयुक्त प्रेस विज्ञेप्तिमा उल्लेख छ । एक जनाले १० औं पटक सम्म मतदान गरेका पाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार कविन्द्र बुर्लाकोटीले आरोप लगाए ।

‘कर्मचारीहरूको पनि मिलिमतो जस्तो देखियो,’ उनले भने,‘समग्रमा निर्वाचन निष्पक्ष भएन, धाँधली भयो, फर्जी मत खस्दै गर्दा निर्वाचनप्रति विश्वास भएन ।’ धाँधली हुँदा प्रहरी प्रशासनसमेत दर्शकको रुपमा बसेको नेकपा एमालेको तर्फबाट गोरखा–१ का उम्मेदवार रामशरण बस्नेतले बताए । ‘ज्यादतीपूर्ण र अलोकतान्त्रीक तरिकाले निर्वाचन भयो,’ उनले भने । गोरखा–१ अन्तर्गत भिमसेन थापा गाउँपालिका–१ को वालकल्याण आधारभूत विद्यालय, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–८ को भिमसेन आधारभूत विद्यालय, भिमसेन थापा गाउँपालिका–१ को विन्द्रवती मावि मतदान केन्द्रमा पुनस् मतदानको माग भएको छ ।

त्यस्तै गोरखा निर्वाचन क्षेत्र नं २ अन्तर्गत बारपाक सुलकोट गाउँपालिकाका सूर्यज्योती मावि, पालुङटार नगरपालिका–७ को जीवनज्योती मावि, बारपाक सुलिकोट गाउँपालिका–४ को हिमालय मावि, अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योती मावि, पालुङटार–१ को स्थानिका आधारभूत विद्यालय र सिरानेचा–८ को परोपकार मावि जौवारीमा पुनस् मतदानको माग राखिएको हो । आफ्ना कुरा सर्वदलीय बैठकमा राख्ने नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बस्नेलते बताए ।

‘हाम्रो चट्टानी अडान छाड्दैनौं, मुख्य निर्वाचन अधिकृतलाई हाम्रा कुरा राखिसक्यौं, अब सर्वदलीय बैठकमा पनि यी विषय राख्छौं,’ उनले भने,‘उहाँहरूको प्रतिक्रिया अनुसार के गर्ने अघि बढ्छौं ।’

Skip This
Skip This
Logo