प्रारम्भिक नतिजामा कुन दलको अवस्था कस्तो ?

प्रारम्भिक नतिजामा कुन दलको अवस्था कस्तो ?


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । 

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले मुस्ताङ जिल्लाबाट सर्वाधिक मत प्राप्त गरी विजयको खाता खोलेको छ । प्रतिनिधिसभामा कांग्रेसका २९ वर्षीय नेता योगेश गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । 

सोमबार दिउँसो ३ बजेसम्मको प्रारम्भिक मतगणनाको पछिल्लो अपडेटअनुसार— एमालेले १२ ठाउँमा अग्रता लिएको छ । यस्तै कांग्रेसले पनि १२ स्थानमा अग्रता लिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ६ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ३ सिटमा अग्रस्थानमा रहँदा जनमत पार्टी भने २ सिटमा अग्रस्थानमा छ। माओवादी केन्द्रले १ स्थानमा अग्रता ल्याएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने पछाडि परेका छन् ।

एमालेले झापा २, बाँके ३, काठमाडौं ९, धनुषा ३, ललितपुर १, दैलेख १, ललितपुर २ र ललितपुर ३, दाङ ३, काठमाडौं ३ लगायत क्षेत्रमा अग्रता लिएको छ । कांग्रेसले पनि काठमाडौं १, काठमाडौं ४, भक्तपुर २, काठमाडौं १० र नवलपुर २ लगायत क्षेत्रमा अग्रता हासिल गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८,कास्की २ र झापा ४ मा अग्रता लिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ र भक्तपुर १ मा अग्रता लिएको छ । जनमत पार्टीले सप्तरी २ मा अग्रता लिएको छ । माओवादी केन्द्रले सर्लाही- ३ मा अग्रता लिएको छ । 

नागरिक उनमुक्ति पार्टीले पनि कैलाली १ मा अग्रता लिएको छ । हालसम्मको नतिजा हेर्दा रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीले आफ्नो उपस्थिति बलियो बनाउने प्रष्ट देखिएको छ । राप्रपाले पनि आफ्नो अवस्थामा सुधार ल्याउने प्रारम्भिक छनक देखाएको छ । पूराना र स्थापित दलहरुप्रति भने मतदाताको आकर्षण तुलनात्मक रुपमा कम देखिएको छ । 

Logo