झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् ।
छ हजार दुई सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले तीन हजार दुई सय १२ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले एक हजार पाँच सय २३ मत प्राप्त गरे ।
झापा क्षेत्र नम्बर ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेपनि एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ । झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना शुरु भएको छ ।
झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन । मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।साे क्षेत्रको मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए ।





























प्रतिक्रिया