एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले सुरुदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणााम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवा ६ हजार ३९९ मतका साथ अग्रता कायमै राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार २७५ मतका साथ पछ्याइरहेका छन् ।
नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्ल १ हजार ८२५ मतका साथ तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया