आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा एमाले र २ मा कांग्रेसले अग्रता लिएको छ ।
१ नम्बरमा एमालेका उम्मेदवार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहेका छन् । प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ ।
उनले दुई हजार एक सय ३९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन्। हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ । त्यस्तै जिल्लाको क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत पाएका छन् । प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उनले तीन हजार ३५ मत पाएका छन् भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएको छ ।





























प्रतिक्रिया